६ वैशाख , २०७९
कालिगण्डकी न्युज
नेपाली कांग्रेसले स्याङजाको कालिगण्डकीमा वडा अध्यक्ष जितेपछी जनतामा आतंक मच्चाउन सुरु गरेको छ। वैशाख ३० को स्थानिय निर्वाचनमा कालिगण्डकी गाउपालिकाको वडा नं ७ मा वडा अध्यक्ष जितेपछी कांग्रेसका कार्यकर्ताले स्थानीय मिर्मीवजारका मतदातालाई धाकधम्की र त्रास देखाउदै आतंक मच्चाउन थालेका छ्न।
शुक्रवार राती ९ बजेको समयमा नेपाली कांग्रेससका वडा-७ बर्लामका स्थानीय कार्यकर्ता मोहन पाण्डेले कालिगण्डकी अस्पतालका एम्बुलेन्स चालक एकादेव पाण्डेको घरमा गई त्रासदिपुर्ण आतंक मच्चाएका छ्न।
आफ्नो पार्टीले वडा जितेको र अब मिर्मीमा नेपाली कांग्रेसलाई प्रहरी प्रसासनले समेत केही गर्न नसक्ने धम्की दिदै एकादेब पाण्डेको जागीर खाईदिने धम्की दिएका छ्न।
उनले आफुसंग पेस्तोल र बन्दुक रहेको दाबी गर्दै यदी आफ्नो विरुद्ध कसैले आवाज उठाएमा कसैलाई पनी नछोड्ने धम्की समेत दिएका छ्न। आतंक मच्चाउदै हिडेका कांग्रेस कार्यकर्ता मोहन पाण्डे नेपाल विद्युत प्राधिकरणका कर्मचारी समेत हुन।
नेपाली कांग्रेसले एउटा वडामा जीत हासिल गर्दाको यो उन्माद र आतंकले नेपाली कांग्रेसको लोकतान्त्रिक राजनीतिको आवरणमा लुकेको भित्री रहस्य र नियतमाथी गम्भिर प्रश्न चिन्ह खडा गरेको छ।
Discussion about this post