३० वैशाख , २०७९
स्याङजा । स्याङजाको कालिगण्डकी गाउपालिकामा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ
मतदान समयसीमा समाप्त भएपछी दिनको ५ बजेसम्म कालिगण्डकी गाउपालिका भित्रका १५ मतदान केन्द्रबाट करिब ६८ प्रतिशत मत खसेको कालिगण्डकी स्थित निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगको कार्यालयले जानकारी गराएको छ ।
खसेको कुल मतपरिणाम अनुसार नेकपा एमालेका गउपालिका अध्यक्ष पदका उम्मेदवार खिम थापा, उपाध्यक्ष पदका उम्मेदवार सावित्रा कोइरालाको जित सुनिशिचत भएको छ भने एवं वडा नं १, ३, ५, ६ र ७ वडा अध्यक्ष सहित प्रस्ट बहुमतले एमालेले विजय प्राप्त गर्ने देखिएको छ ।
वडा नं २ मा नेपाली कांग्रेस नेतृत्वको गठवन्धन को जीत पक्का देखिएको छ भने वडा नं ४ मा एमाले र गठबन्धन बिच कडा प्रतिस्पर्धा देखिएको छ।
कालिगण्डकी गाउपालिकामा कूल १७ हजार ९ सय ३८ मतदाता मध्य १२ हजार ९३ मत खसेको हो
Discussion about this post