लोकप्रिय अध्यक्ष खिम थापाको पुनः उम्मेदवारी । यस्तो छ थापाको राजनैतिक पृष्ठभुमी।

कालिगण्डकी न्यूज,

१४ वैशाख, २०७९

स्याङजा,

संघिय गणतन्त्र नेपालको प्रथम स्थानिय निर्वाचन-२०७४ बाट कालिगण्डकी गाउपालिका स्याङजाको प्रथम अध्यक्षको रुपमा निर्वाचित भएर कालिगण्डकी गाउपालिकालाई सफल नेतृत्व दिनुभएका अध्यक्ष खिम बहादुर थापाले पुनः दोस्रो कार्यकलको लागी नेकपा एमालेको तर्फ बाट आफ्नो उम्मेदवारी मनोनयन गर्नुभएको छ।

हाल नेकपा एमाले गण्डकी प्रदेश सदस्यको हैसियतमा कम्यूनिष्ट राजनीतिमा सक्रिय रहनुभएका खिम बहादुर थापाले माध्यमिक तहको विद्यार्थी जीवन कालमै आफूलाई कम्यूनिष्ट राजनीतिमा समर्पण गर्नुभएको थियो। कम्युनिष्ट दर्शन प्रति अभिरूची बढदै गएपछी २०४० सालमा तत्कालिन अनेरास्ववियू एकताको पांचौ महाधिवेशनबाट साविक श्रीकृष्ण गण्डकी गाविस स्थित बिरेन्द्र माध्यमिक विद्यालय कमिटीको सचिबको जिम्मेवारी प्राप्त गरेपश्चात हालसम्म अविचलित रुपमा अविच्छिन्न नेकपा एमालेको राजनीतिमा अफूलाई अब्बल राजनैतिक पात्रको रुपमा स्थापित हुदै आउनु भएको छ।

२०४५ सालमा उच्च शिक्षा हासिलको लागी पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यनरत रहेको बखत पृथ्वीनारायण क्याम्पस कानुन संकायको प्रारम्भिक कमिटी सदस्य रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

नेपालको राजनैतिक इतिहासमा बहुदलिय प्रजातन्त्र प्राप्तीको लागी देशैभरी जनआन्दोलन चलेको समयमा थापा सक्रिय रुपमा २०४६ को प्रथम जनआन्दोलनमा होमिनुभएको थियो।

२०४७ /४८ मा नेपाल ल क्याम्पस  काठमाण्डौमा बि एल अध्यनको क्रममा अनेरास्ववियुको राजनीतिमा सक्रिय हुनुभएको थियो। ०४९ देखि नेकपा एमाले स्याङजा – काठमाण्डौ सम्पर्क मञ्चमा आवद्ध रहेकै समयमा २०५२ मा काठमाडौ महानगर ११ नम्बर वडा कमिटीमा संगठित भई पार्टीको काममा सक्रिय रहनुभएको थियो।

२०५४ देखि काठमाण्डौ – स्याङजा सम्पर्क मञ्चको उपाध्यक्ष हुदै २०५७ देखि निरन्तर २ कार्यकालसम्म काठमाण्डौ- स्याङजा सम्पर्क मञ्चको सफल नेतृत्व गर्नुभएको थियो ।२०६३ देखी नेकपा एमालेको गण्डकी सम्पर्क कमिटीको सचिब निरन्तर २ कर्यकालसम्म गण्डकी सम्पर्क कमिटिको अध्यक्ष हुनुभएको थियो।

नेकपा एमालेको आठौ महाधिवेशन देखी नवौ र दशौ महाधिवेशन सम्म महाधिवेशन प्रतिनिधी रहनुभएका थापा आठौ महाधिवेशनबाट राष्ट्रीय प्रतिनिधि परिषद सदस्य समेत हुनुभएको थियो ।नवौ महाधिवेशनमा केन्द्रिय कमिटि सदस्यको प्रतिस्पर्धामा निकै झिनो मतान्तरमा निकतम प्रतिद्वन्दीका रुपमा पराजीत रहनुभएको भएको थियो।

२०६४ सालमा साझा स्वास्थ्य सेवाको वोर्ड मेम्वरमा मनोनित हुनुभएका थापा २०७२ साल असार १४ गतेको नेपाल सरकार मन्त्रीपरिषदको वैठकको निर्णय वमोजिम दुग्ध विकास संस्थान अध्यक्ष पदमा नियुक्त हुनुभएको थियो। दुग्ध विकास सस्थानको अध्यक्ष पदको जिम्मेवारी वहन गर्दै गर्दा २२ महिनाको छोटो अवधिमै संस्थानको इतिहासमै पहिलो पटक नाफाको स्थितिमा उचाल्न सफल भएपछी थापाको कार्यसम्पादनले राष्ट्रीय चर्चा पाएको थियो।

दुग्ध विकास संस्थानले अभूतपूर्व सफलताको सिंढीमा उकालो चढीरहेको अवस्थामा संघिय नेपालको प्रथम स्थानीय तह निर्वाचन -२०७४ मा कालीगण्डकी गाउपालिका स्याङजाको सफल नेतृत्व गर्ने इच्छाशक्ति सहित अध्यक्षको पदमा निर्वाचनमा होमिएका थापा कालिगण्डकी गाउपालिकाको प्रथम निर्वाचित अध्यक्षको रुपमा निर्वाचित भएपछि कालिगण्डकी गाउपालिकाको पूर्वाधार विकास, आर्थिक समृद्धि , कृषि , पर्यटन, यूवा स्वरोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक सास्कृतिक रुपान्तरणको क्षेत्रमा अब्बल नेतृत्व गर्दै आउनुभएको छ।

आफ्नो प्रथम कार्यकालमा बिकासका ठूला परियोजना संगै जनतालाई निशुल्क स्वास्थ्य विमा सुविधा र प्रत्यक घरधुरीलाई २० यूनिट विधुत महशुल छुट जस्ता जनपक्षिय कार्यक्रम अगाडी सारेपछी थापाको समाजवादी भिजनप्रति सम्पूर्ण कालीगण्डकीबासी जनताहरुको आकर्षण बढदो छ।
मतदाता र आम जनताको विश्वासपात्रको रूपमा लोकप्रियता आर्जन गर्न सफल थापा देशैभरीका सफल स्थानीय तह प्रमुख मध्य एक हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Discussion about this post

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस