स्थानीय तहको निर्वाचन जेठ ४ मा गर्ने सहमति

१८ जेठ, २०७८

कालिगण्डकी न्यूज

स्थानीय तहको निर्वाचन २०७९ साल जेठ ४ गते हुने भएको छ । मंगलबार सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन जेठ ४ गते एकै चरणमा गर्ने सहमति बनेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूबिच २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने, आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Discussion about this post

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस