सडक दुर्घटनामा ज्यान गुमाए स्याङजाका टीकाले

१३ पौष, २०७८

कालीगण्डकी न्यूज

आइतबार बेलुका पाल्पामा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। सडक दुर्घनामा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ छापडाँडा स्थायी घर भइ हाल तिलोत्तमा नगरपालिका वडा नम्बर ३ बनकटीमा बस्दै आएका मोटर साइकल चालक टीका रानाले ज्यान गुमाएका छ्न।

आइतबार बेलुका करिब ६:४५को समयमा तिनाउ गाउँपालिका वडा नम्बर ३ अर्घाछापमा बुटवल तर्फ जादै गरेको लु ४९ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको ग १ ख ४२६१ नम्बर बसले पछाडीबाट ठक्कर दिदा दुर्घटना हुन पुगेको हो।
दुर्घटनामा परि घाइते भएका रानामगरलाई  लुम्विनि प्रदेश प्रादेदेशिक अस्पताल बुटवल पुऱ्याउदा अस्पतालले मृत घोषणा गरेको हो ।

बस चालक स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ३ का तिर्थराज उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको पाल्पाप्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका टिका ३७ वर्षका मात्र थिए।
लामो समय वैदेशिक रोजगारका शिलशिलामा दक्षिण कोरियामा रहेका राना स्थानिय यूवा पुस्तामाझ निकै लोकप्रिय थिए। रानाको अकल्पनिय मुत्युका कारण कालिगण्डकी गाउपालिका वडा नं १, २ र ३ शोकमग्न भएको छ। मृतक रानाका श्रीमती, एक छोरी र एक छोरा छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Discussion about this post

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस