कालिगण्डकी खेलकुद महोत्सव सम्पन्न मिर्मीले जित्यो उपाधी

९ पौष, २०७८

कालिग्ण्डकी न्यूज

स्याङजाको कालीगडकी गाउपालिकाद्वारा आयोजित अध्यक्षकप खेलकुद महोत्सव२०७८ समारोह सम्पन्न भएकोको छ।

गाउपालिकाको वडा ७ स्थित मिर्मी खेल मैदानमा ४ दिनसम्म निरन्तर चलेको तेस्रो संस्करणको प्रथम उपाधी वडा नं ७ ले उचालेको हो। वडा नं ७ ले ६ स्वर्ण पदक, रजत पदक र कास्य सहित कुल १७ वटा पदक हात पार्न सफल भएको हो। दोस्रो स्थानमा वडा १ ले ५ स्वर्ण , ४ रजत र २ कास्य गरी ११ पदक जितेको छ भने तेस्रो स्थानमा वडा नं ३ ले ३ स्वर्ण, १ रजत र १ कास्य हात पारेको छ।

टेबलटेनिस विधाका विद्यार्थीहरुको सर्वाधिक योगदानमा
वडा नं ७ उपाधी विजेता भएको हो भने क्रिकेट र एथ्लेटिक्समा पनि वडा नं ७ सफल भएको थियो। आफूलाई निरन्तर २ वटा संस्करणसम्म विजेता रुपमा पेश गरेको वडा नं १ ले यसपाली भलिबल , १००० मिटर र १६०० मिटर डौडतर्फ कडा प्रतिस्पर्धाको सामना गर्नु परेकोले रनिङ शिल्ड हस्तान्तरण वडा नं ७ लाई हस्तान्तरण भएको छ।

यो अध्यक्षकपमा ७ वटा वडाका खेलाडीहरुले भलिवल, फुटबल, क्रिकेट, टेवल टेनिस, ब्याडमिन्टन र एथ्लेटिक्स गरी ६ विधा१८ ईभेन्टमा कडा प्रतिस्पर्धा गरेका थिए।

अध्यक्षकप खेलकुद महोत्सवको समुदघाटन राष्ट्रीय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गर्नुभएको थियो भने समापन समारोहमा प्रतिनिधि सभासदस्य पदमा अर्याल, वालिङ नगर उपप्रमुख कल्पना तिवारी र नेकपा एमाले स्याङजा जिल्ला अध्यक्ष पारस शर्मा उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Discussion about this post

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस