कालिगण्डकी अध्यक्षकप उदघाटन समारोह सम्पन्न।

  1. ६ पौष २०७८,

कालिगण्डकी न्यूज,

कालीगडकी गाउपालिकाद्वारा आयोजित अध्यक्षकप खेलकुद प्रतियोगिताको तेस्रो संस्करण उदघाटन समारोह सम्पन्न भएको छ।
मंगलबार कालिगण्डकी गाउपालिकाको मिर्मिस्थित नवनिर्माण गरिएको खेलमैदानमा आयोजित अध्यक्षकप तथा खेलकुद महोत्सबलाई राष्ट्रीय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्नुभएको हो।


अध्यक्ष तिमिल्सीनाले उदघाटन समारोहलाई सम्बोधन गर्दै खेलाडीहरुलाई प्रोफेशनल र अन्तराष्ट्रीय खेलजगतमा प्रतिस्पर्धा गर्न सक्षम बनाउदै लग्नुपर्ने र खेलक्षेत्रको बिकास एवं खेलाडीहरुको सिप र सक्षमता बिकास गर्नको लागी खेल खेलाडीप्रति राज्यस्पष्ट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

जारी अध्यक्षकपमा ६ विधामा १८ ईभेन्ट खेल हुने एवं ७० स्वर्ण पदक ,७०, रजत ७० कास्य पदक हुने एवं प्रतिबर्ष कम्तिमा एक नया खेल थपिने गाउपालिका अध्यक्ष खिम थापाले वताउनुभयो।

उदघाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मी, पुतलिवजार नगरप्रमुख सिमा क्षेत्री, रुरु गाउपालिका अध्यक्ष निलकण्ठ गौतम, प्रमुख जिल्ला अधिकारी राजु पौडेल स्याङजा जिल्ला खेलकुद समिति अध्यक्ष मोहन गुरुङ लगायतका अतिथिहहरुको उपस्थिति रहेको थियो।


स्थानिय विद्यालयका विद्यार्थीहरुको र खेलाडीहरुको मार्च पास एवं कालिगण्डकी आईटिएफ डोजाङको खेलनृत्य प्रस्तुतिले कार्यक्रमलाई भब्य बनाएको थियो।
करिब १० हजार दर्शकहरुको बिचमा उदघाटन गरिएको यस खेलकुद महोत्सवको उदघाटन समारोहको कार्यक्रम संचालन निमित्त प्रशासकिय प्रमुख हिरामणी पाण्डेले गर्नुभएको थियो भने स्वागत मन्तब्य गाउपालिका उपाध्यक्ष साबित्रा कोइरालाले गर्नुभएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Discussion about this post

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस