प्रधानमन्त्री देउवाले बोलाए एमसिसि रणनैतिक सर्वदलिय बैठक।

आईतबार, ४ पौष, २०७८

कालीगण्डकी न्यूज

संघीय संसदमा जारी अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको  सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नजाने भएको छ ।एमाले यसअघिका सर्वदलीय बैठक पनि बहिस्कार गर्दै आएको छ । आफूबाट विभाजित भएर नेकपा (एस) गठन गरेका माधवकुमार नेपाललगायत १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले विरोध गरिरहेको हो । उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको माग छ ।

प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ । यो बैठकमा एमसीसी सम्झौतालाई अगाडि बढाउने सरकारको तयारी रहेको छ। अर्कोतिर एमालेले संसद्मा अवरोध जारी राखेको छ । एमसिसिमा राजनैतिक दलहरुको साझा अवधारणा र जारी संसद अवरोधको निकासमा आजको सर्वदलिय वैठक केन्द्रित हुने स्रोतले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Discussion about this post

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस