मलाई ठूलो मान्छे बन्न डर लाग्छ – विश्व पौडेल

मलाई ठुलो मान्छे बन्न डर लाग्छ,
कतै ठुलो मान्छे बन्दै गर्दा,
अप्ठ्यारोमा काध थाप्नेहरू कतै टुटे भने ?
दुखमा साथ दिनेहरू दोबाटोमै छुटे भने ?
खान नपाउदा पैचो दिनेहरू टाढिए भने ?
मिलेर बसेका बर्गिय भाबनाहरू भाडिए भने ?
त्यसैले मलाई ठुलो मान्छे बन्न सार्है डर लाग्छ !

म ठुलो मान्छे बन्दै गर्दा
सानोमा सगै खेल्ने सानेले साथ छोड्यो भने !
बार्हैमास अर्मपर्म गर्ने ठुलेले परेलि तोड्यो भने ?
म ठुलो मान्छे बन्दै गर्दा,
गाउँ बस्ती र डाडाकाडाहरू छोडेर निबासतिर डुले भने,
झुपडी र छिनेका चप्पलका कथाहरू भुले भने ?

म उचाईमा पुगेपछि
दुखमा साथ दिनेहरू तल पर्नेछन्
स्वार्थि र अबसरबादिहरू काख सर्नेछन्
ठुलो मान्छे बन्यो भनेर, भुई मान्छेहरू तर्किनेछन् !
हिजो झुपडीमा सगै सुतेका साथिहरू गेटबाटै फर्किनेछन् !

त्यसैले मलाई ठुलो मान्छे बन भनेर शुभकामना नदेउ न है,,
म ठुलो मान्छे बनेपछि तिमिलाई नै भुल्न सक्छु !
बिगतको बास्तबिकता छोडेर कल्पनामा डुल्न सक्छु ,

जब तिमिलाई नै मैले भुलेपछि,
त्यसबेला तिमिलेनै मलाई धिकार्ने छौ,
मन मुटुबाटै सद्भाब र स्नेह निखार्ने छौ
त्यसबेला ठुलो मान्छे भएर पनि,
आलिशान महल र भिडको माझ रहेर पनि,
बास्तबमा म शुन्य र निरिह हुनेछु !
खोक्रो र एक्लो हुनेछु !
त्यसैले मलाई
बरू असल मान्छे बन भन्नु,
भनेर शुभकामना देउ,
तर ठुलो मान्छे बन्नु नभन्नु है !
मलाई डर लाग्छ कतै ठुलो मान्छे बनेपछि
तिमिलाई नै भुले भने ?

(धर्तिमै छ धेरै चिज,किने पाउछ सबै थरि,
जन्मिएको आफ्नै घर , पाईदैन कसै गरि )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Discussion about this post

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस