कालिगण्डकीमा अध्यक्षकप खेलकुदको तेस्रो संस्करण संचालन हुने

३ पौष २०७८,
स्याङजा,
पश्चिम स्याङजाको कालीगण्डकी गाउपालिकाले अध्यक्षकप खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको छ।
२०७५ मा शुरु गरिएको अध्यक्ष कप खेलकुद प्रतियोगिताको दोस्रो संस्करण २०७६ मा सम्पन्न भएको थियो। २०७७ मा भने कोभिड -१९ को कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन।
तेस्रो संस्करणको रुपमा यही पौष ५ गते देखि ७ गतेसम्म संचालन हुन गइरहेको र यो वर्षको संस्करणलाई खेलकुद महोत्सवको रुपमा समेत मनाउन लागिएको गाउपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभएको छ।

अध्यक्षकप खेलकुद प्रतियोगितामा वडास्तरीय परुष तथा महिला भलिबल र व्याडमिन्टन , पुरुष फुटबल, क्रिकेट , मार्शल आर्ट तर्फ टेक्वान्डो, एथ्लेटिक्स तर्फ १०० मिटर, २००मिटर र १००० मिटर  र १६०० मिटर दुरीको डौड प्रतियोगिता र विद्यालय स्तरिय टेबल टेनिस लगायतका विधामा प्रतिस्पर्धा हुने खेल संयोजक तथा गाउपालिका उपाध्यक्ष सावित्रा कोइरालाले जानकारी दिनुभयो।
स्पर्धाका सवै विधामा गाउपालिका भित्रका ७ वटै वडाहरुले प्रतिस्पर्धा गर्नेछ्न! अधिकतम विधामा बिजयी
वडालाई रनिङ शिल्डबाट पुरस्कृत गर्ने र बाकी प्रतियोगी वडालाई उपलब्धि मानतालिका बमोजिम रनर अपको रुपमा पुरस्कृत गरिने गरिएको छ।
३ बर्षे रनिङ शिल्ड अन्तर्गत प्रथम सिरिजको फाइनल संस्करण यो बर्षलाई मानिले भएको यो बर्षको प्रतिस्पर्धा अघिल्लो वर्षहरुको तुलनामा कडा प्रतिस्पर्धात्मक र रोचक हुने आम खेलप्रेमीहरुको पुर्वानुमान छ।
प्रथम सिरिजको पहिलो र दोस्रो संस्करणमा वडा नं १ चण्डिभञ्ज्याङले निरन्तर जितेको थियो।
प्रथम र दोस्रो संस्करणको खेल वडा नं ५ स्थित भपेङ बगर खेल मैदानमा संचालन भएको थियो भने यो वर्षको खेल भपेङ बगर र मिर्मि खेलमैदानमा संचालन हुने आयोजकले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Discussion about this post

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस